मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झरीले उर्लियो काठमाडौंका खोला, सतर्कता अपनाउन आग्रह

झरीले उर्लियो काठमाडौंका खोला, सतर्कता अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं । मनसुन पुन: सक्रिय भएसँगै रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । नदी तथा खोलामा खोलामा पानीको वहाबसँगै जोखिम बढेको छ ।

झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ । खोला किनारका सडक जलमग्न हुँदा मूल सडकमा सवारी चाप बढ्दो छ ।

बागमती, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतमा जल सतहले सतर्कता तह पार गरेको छ । नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) स्थित कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा बागमतीको पानी पसेको छ । बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरू गरेको र दक्षिणी भाग पनि डुबानमा परेको छ ।

माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ । कीर्तिपुर नगरपालिका(६ चोभारमा पनि पहिरो गएको छ ।