मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस

न्यूजस्टोरी

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। नेपाली कांग्रेस(नेकपा एमालेसहितको नयाँ गठबन्धन केन्द्रमा बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको हो।

सोहीअनुसार यहाँ एमालेको प्रस्तावमा कांग्रेसका शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए।