काठमाडौं । आइतबार बागमती नदीको किनारमा एक पुरुषको शव भेटिएको छ।ललितपुर महानगरपालिका- ३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन्।
प्रवक्ता सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो परेको अवस्थामा नदी किनारमा भेटिएको हो। ‘नदीले बाहिरबाट बगाएर ल्याएको जस्तो देखिन्छ। शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ’ देशसञ्चारसँग उनले भने ।
सनाखत हुन नसकेको उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ। बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।


प्रतिक्रिया