मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतमा चक्कु प्रहारबाट ३ जना बालिकाको मृत्यु पछि जारी प्रदर्शनमा ९० जना पक्राउ

बेलायतमा चक्कु प्रहारबाट ३ जना बालिकाको मृत्यु पछि जारी प्रदर्शनमा ९० जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । बेलायतमा चक्कु प्रहारबाट ३ जना बालिकाको मृत्यु पछि जारी प्रदर्शनमा ९० जनालाई पक्राउ गरिएको छ।

बीबीसीका अनुसार गत सोमवार साउथपोर्टको मर्सीसाइडमा तीनजना बालिकाको हत्या पछि देशभर विरोध प्रदर्शन भइरहेको छ।आप्रवासी विरोध प्रदर्शनको क्रममा प्रहरीले शनिवार ९० जनालाई नियन्त्रणमा लिएको हो।हल, लिभरपूल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टस्थित पसलहरूमा लुटपाट समेत गिरएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री किएर स्टार्मरले आवश्यक कारबाहीका लागि प्रहरीलाई पूर्ण समर्थन दिएको बताएका छन्।