मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको कुपन्डोलस्थित बागमती किनारमा पुरूषको शव फेला

ललितपुरको कुपन्डोलस्थित बागमती किनारमा पुरूषको शव फेला

न्यूजस्टोरी

काठमाडौँ । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले शव घोप्टो परेको अवस्थामा भेटिएको बताए।‘बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन,’ उनले भने।

शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।