काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।
कक्षा १२ को नतिजा नेपाल टेलिकमको विभिन्न माध्यमबाट हेर्न सकिने छ । कक्षा १२ को नतिजा टेलिकमको आईभीआर, एसएमएस, युएसएसडी तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।
१६०१ मा फोन गरेर, NEB लेखेर एक स्पेश दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस पठाउन सकिने छ ।
नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा सजिलै थाहा पाउन सकिने छ । अनलाइनमा नतिजा आउन भने केही समय लाग्ने छ ।
प्रतिक्रिया