मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकको ढुकुटीमा वालछ्याल भएपछि विदेश घुम्न जानेलाई जतिपटक पनि डलर साटिदिने

राष्ट्र बैंकको ढुकुटीमा वालछ्याल भएपछि विदेश घुम्न जानेलाई जतिपटक पनि डलर साटिदिने

न्यूजस्टोरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीमा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंक विदेशी विनिमय विभागले एक परिपत्र जारी गर्दै विदेश भ्रमणका लागि डलर सटहीको सीमा परिमार्जन गरेको हो ।नयाँ व्यवस्थाअनुसार विदेश भ्रमणमा एक आर्थिक वर्षमा २ पटकमात्रै डलर सटही गर्न पाउँने व्यवस्था खारेज भएको छ । अब विदेश भ्रमणमा जानेले वर्षमा असिमित पटक २५ सय अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाअनुसार हालसम्म मालसामान आयातमा ६० हजार अमेरिकी डलर रहेको सीमा १ लाख डलर बनाइएको छ। साथै, व्यवसायीक प्रयोजनका लागि सुनचाँदी आयातका लागि ३ लाख डलर गरिएको छ भने, व्यवसायीक प्रयोजनमा चाँदी आयातको भुक्तानीका लागि भने सीमा हटाइएको छ। यस्तै, वैदेशिक रोजगारीमा जानेलाई ५ सय डलरको सटही सुविधा १ हजार बनाएको छ।

विदेशी विनिमय सञ्चिति पर्याप्त भएपछि केन्द्रीय बैंकले डलर सटहीको सीमा बढाएको हो । राष्ट्र बैंकको ढुकुटीमा अहिले १४ अर्ब ७२ करोड रूपैयाँ छ । यो सञ्चितिले १५.१ महिनाको वस्तु र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

करिब २ वर्ष अघि डलर सञ्चिति पर्याप्तता ६.७ महिनमा झरेपछि राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको थिय‍ो ।