मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीआरसी विधेयकमा तीन दल सहमति निकट पुगेको दाबी , तीन दिनपछि कार्यदलले प्रतिवेदन सार्वजनिक गर्ने

टीआरसी विधेयकमा तीन दल सहमति निकट पुगेको दाबी , तीन दिनपछि कार्यदलले प्रतिवेदन सार्वजनिक गर्ने

न्यूजस्टोरी

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मुख्य तीन दल सहमति नजिक पुगेको बताइएको छ ।

सोमबार बिहान गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटाएको हो । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य महेश बर्तौलाले टीआरसी विधेयक सहमति निकट पुगेको बताए ।

बर्तौलाले बिहीबारसम्म अहिलेसम्म भएका सहमतिलाई जोडेर प्रतिवेदन तयार पार्ने बताए । लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहन नहुने भन्दै तीन दल टीआरसीका विवादित विषयलाई टुंगो लगाउने निचोडमा पुगेको अर्का सदस्य जनार्दन शर्माले बताए । तीन सदस्यीय कार्यदलमा कांग्रेसबाट रमेश लेखक सहभागी छन् । कार्यदलको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्नेछ ।