मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमलताल दुर्घटना : बेपत्ता बस र शव खोज्न आएको भारतीय प्राविधिकको टोली फर्कियो

सिमलताल दुर्घटना : बेपत्ता बस र शव खोज्न आएको भारतीय प्राविधिकको टोली फर्कियो

न्यूजस्टोरी

काठमाडौं । त्रिशूलीमा बेपत्ता बसको खोजीका लागि आएको भारतीय गोताखोरको टोली फिर्ता भएको छ ।  असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बस एकसाथ त्रिशूली नदीमा खसेका थिए ।

भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परेर बस त्रिशूलीमा पुगेका हुन् ।  दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । त्यसमध्ये तीन जना जीवितै फेला परे पनि ६२ जना बेपत्ता भएका थिए । 

हालसम्म २४ जनाको शवमात्रै फेला परेको छ । अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।

त्रिशूलीमा नदीमा बेपत्ता वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना यात्रु र काठमाडौंबाट गौर जाँदै गरेको गणपती वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बसमा २७ जना यात्रु सवार थिए । सोही बसको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाली सेना र प्रहरीको टोली असार २८ गतेदेखि नै सक्रिय छ ।