मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचाररत क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सुधारोन्मुख, आइसियुबाट बाहिर निकालियो

उपचाररत क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सुधारोन्मुख, आइसियुबाट बाहिर निकालियो

न्यूजस्टोरी

काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ ।

अस्पतालकी निर्देशक प्राडा मीना थापाले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएकी हुन् । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आइसियूबाट बाहिर निकालिएको अस्पतालकी निर्देशक प्रा।डा। मीना थापाले जानकारी दिइन्। ‘‘उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाँच्चिएका छन् । स्वास्थ्य सुधारोन्मुख छ ” विज्ञप्तिमा भनिएको छ ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार १८ जनाको मृत्यु भएको छ । शाक्यलाई उद्धार गरी केएमसीको सघन उपचार कक्षमा उपचार थालिएको थियो ।