मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्- अध्यक्ष नेपाल

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्- अध्यक्ष नेपाल

न्यूजस्टोरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन्।

उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताए। उनले षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए। उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताए।

अध्यक्ष नेपालले भने, ‘हाम्रा बिरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य हो? थाहा छैन। तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदा रहेनछ। बोलेर हुँदो रहेनछ। त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ। त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ। त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ।’

उनले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए।