मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

न्यूजस्टोरी

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । बैठकले बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो । उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । जहाजका चालक मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । घाइते भएर उपचारत उनी खतरामुक्त रहेका छन् ।