मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली, दुर्घटनाप्रति दु:ख व्यक्त

दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली, दुर्घटनाप्रति दु:ख व्यक्त

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।”

काठमाडौंबाट पोखरातर्फ जान लागेको सौर्य एयरको जहाज बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।