मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्मतका लागि पोखरा जाँदै थियो जहाज, यात्रु सबै सौर्यकै कर्मचारी

मर्मतका लागि पोखरा जाँदै थियो जहाज, यात्रु सबै सौर्यकै कर्मचारी

न्यूजस्टोरी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० जहाज पोखरा जाँदै गरेको खुलेको छ ।

साथै, जहाज मर्मतका लागि पोखरा जाँदै गरेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

जहाजमा चालकदलका सहित १९ यात्रु थिए । बताइएअनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएअनुसार विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली थियो । जनाइएअनुसार जहाजलाई पोखरास्थित ह्यांगरमा राखेर मर्मत गर्ने तयारी थियो ।

बुधबार करिब ११ बजे रनवेबाट उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो । उडेको केही सेकेन्डमै जहाज भूइँमा बजारिन पुगेको थियो । भूइँमा बजारिएसँगै जहाजमा आगलागी भएको थियो ।