काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तरगतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। यसैगरी बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ। बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको चारवटा विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ।
स्वास्थ्य तथा जनसंख्या ,वन तथा वातावरण,कृषि तथा पशुपंक्षी विकास र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ती भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी सांसद प्रतिमा गौमले डेंगीकोप्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरी फैलिइ जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गइ अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि,समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
उक्त प्रस्तावकका समर्थक सांसदहरू कुसुम देवी थापा,सपना राजभण्डारी , सिता मिजार र लिलादेवी बोखिम लिम्बूले समर्थन गर्नेछन्।


प्रतिक्रिया