मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, गिरीलाई नियुक्त गर्न दाबी पेस गर्ने तयारी

लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, गिरीलाई नियुक्त गर्न दाबी पेस गर्ने तयारी

न्यूजस्टोरी

काठमाडौं । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले सोमबार राजीनामा दिएपछि लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउने भएको हो ।

आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्रीमा नियुक्त हुने छन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्तरूपमा दाबी पेस गर्ने तयारी रहेको छ । दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार दाबी पेस गर्ने तयारी गरेको छ । कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले आज सरकारमा दाबी पेस गर्ने भएका हुन्।