मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभामुख रानाविरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी

उपसभामुख रानाविरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी

न्यूजस्टोरी

काठमाडौं, ५ साउन । उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।

समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको बताउनुभएको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएको थियो ।

उहाँले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर लेख्नुभएको पत्र केही दिनअघि मात्र सार्वजनिक भएको हो । उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालिएको बताउनुभएको छ ।

विवादित पत्रबारे हिजो प्रष्टीकरण दिँदै उहाँले आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गर्नुभएको छ ।