मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ । अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ ।यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड(१९ पोजिटिभ भेटिएका थिए ।