मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूरोडको सडक : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू)

न्यूरोडको सडक : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू)

न्यूजस्टोरी

काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटी (फुटपाथ) फराकिलो बनाउने कामलाई फेरि अघि बढाएको छ । महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई बुधबार बिहानैदेखि फेरि सुचारु गरेको हो ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो ।

सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।यसपछि काम रोक्नका लागि जेठ १३ गते र १६ गते गरी २ वटा पत्र सडक विभागले महानगरलाई पठाएको थियो ।डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।