मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ४ जना गम्भीर घाइते

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ४ जना गम्भीर घाइते

न्यूजस्टोरी

जाजरकोट । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन्।

कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए। हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उनकी छोरी ४ वर्षीया हस्तीका थापा, वर्ष २९ की कमला थापा, र १७ वर्षीया निरमाया थापा रहेका छन्।

घाइतेहरू मध्ये विष्णु एकको अवस्था गम्भीर छ। राति भएको घटना लगत्तै वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी गराए पश्चात् प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेहरूलाई उद्धार गरिएको थियो। घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षित स्थानमा राखिएको उद्धारका लागि हेलिकोप्टर मगाइ सकिएको वडाध्यक्ष सिंहले जानकारी दिए। उनीहरुलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी छ।