वीरगन्ज, २ साउन । नोभा ट्रेडिङले वीरगन्ज महानगरपालिका विभिन्न ठाऊँहरुमा ढाट राखि सवारीसाधनहरुलाई मुख्य सडक पेटीमा अवैध रुपमा रोकी रसिद भन्दा बढी रकम असुल्ने गरेको आरोप लागेको छ।
वीरगंज महानगरपालिकाको वडा नं. १७ अलौं स्थित आइसिपी रोडबाट सवारी करको ढाट हटाउन वडाध्यक्ष संजु छतकुलीले जोडदार माग गर्नुभएको छ ।
वडाध्यक्ष छतकुलीले मंगलबार आइसिपी रोड मै पत्रकार सम्मेलनको आयोजना गर्दै नियम विपरित नोभा ट्रेडिङ्ग वीरगंजले आइसिपी रोडमा विभिन्न किसिमका ठुला सवारी साधानहरुबाट पटके सवारी कर उठाइरहेको भन्दै त्यहाँ नउठाउन माग गर्नुभएको हो ।
उहाँका अनुसार अनुसार आइसिपी रोडमा बस, ट्रक लगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढ्दै गएको छ । आइसिपीबाट निस्कने ठुलो संख्यामा हेभी गाडीहरु त्यहाँ रोकेर ठेक्दारले वीरगंज महानगरपालिकाको पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेको हो ।
वडाध्यक्ष छतकुलीले सवारी कर उठाउन ठेक्दारले त्यहाँ राखेको गुमटी हटाउन आजै आफुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सवारी कर उठाउने नै भए आइसिपी रोडबाट अरु ठाउँमा गएर उठाउन उनको माग छ ।
यता नोभा ट्रेडिङ्गले भारतिय नम्बरको हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले तोकेको शुल्क भन्दा बढी कर उठाइरहेको सवारी चालकहरुले गुनासो गरेका छन् । पत्रकार सम्मेलन कै क्रममा भेटिएका हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करको नाममा रकम असुल्ने गरेको र कहिले काँही रसिद दिएको भन्दा पनि बढी रकम लिने गरेको वताएका हुन् ।
वीरगन्ज महानगरपालिकाको आईसिपी , बहुअरी चौक , हरपतगंज, परवानिपुर लगाएतको विभिन्न ठाऊहरुमा ढाट राखि भारतिय सवारीसाधनहरु शीत लोडमा रहेको गाडी संग ३४९ रुपैया लिने ठाऊमा भारु ३५० लिने गरेको भारतिय सवारीचालक जवाहीर मियाले बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको बोर्डको निर्याण अनुसार लोड रहेको सवारी साधनहरु लाई मात्र रसिद काटन नियम भएपनि ठेकदारहरुले दादागिरी गरि खालि गाडी संग पनि रसिद काटने गरेको सवारी चालकहरुले गुनासो गरेका छन्।
यस्ता गतिविधि तर्फ वीरगन्ज महानगरपालिका , जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको ध्यान जान यति आवश्यक देखिएको छ।
प्रतिक्रिया