मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से २६ महिनायताकै उच्च: यी पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

नेप्से २६ महिनायताकै उच्च: यी पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

न्यूजस्टोरी

काठमाडौं । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेको भोलिपल्ट शेयर बजार नेप्से परिसूचकमा छलाङ आएको छ । मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१० विन्दुमा पुगेको छ ।

मंगलबार २३४ कम्पनीको शेयर मूल्य बढ्दा ८ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभर ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै ङादी ग्रूप पावरको शेयर कारोबार भएको छ । मंगलबार कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मंगलबार ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका शेयरधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।