मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उडानमा एयरहोस्टेसले दिएका केही पनि खान नमानेका यात्री विमानस्थलबाटै पक्राउ

उडानमा एयरहोस्टेसले दिएका केही पनि खान नमानेका यात्री विमानस्थलबाटै पक्राउ

न्यूजस्टोरी

काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे । त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानका क्याप्टेनले दिएको सूचनाका आधारमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती यात्रुको निगरानी गरे । उनी विमानस्थलको सुरक्षा जाँच पार गर्नै लाग्दा पक्राउ परेका हुन् । सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ती यात्रीले आफ्नो मलाशयमा सुनका क्याप्सुल लुकाएर ल्याएका थिए । यात्राका क्रममा केही खाँदा शौचालय जानुपर्ने अवस्था आउन सक्ने भयका कारण उनले एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान अस्वीकार गरेका थिए ।

केही पनि खान नमानेकै कारण एयरहोस्टेसलाई शङ्का लागेपछि क्याप्टेनलाई ती यात्रुको गतिविधिबारे जानकारी गराएको बताइन्छ । लामो दुरीमा यात्रीले केही खान नमानेको खण्डमा उसले मलाशयमा केही लुकाएको छ भन्ने आशङ्का बलियो हुन्छ ।विमानस्थलमा सुरक्षा निकायले उनको मलाशयबाट एक हजार ९६ दशमलव ७६ ग्राम सुन बरामद गरेको छ । उक्त परिमाणको सुन उनले चार वटा क्याप्सुल बनाएर मलाशयमा लुकाएका थिए ।