मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिएको भन्दै एक महिलाे गरिन माइतीघरमै आत्महत्याको प्रयास

सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिएको भन्दै एक महिलाे गरिन माइतीघरमै आत्महत्याको प्रयास

न्यूजस्टोरी

काठमडौँ । माइतीघरमा धर्ना बस्दै आएकी सहारा कुमारी शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिएको भन्दै उनले आज मध्यान्ह माइतीघरमै आत्महत्याको प्रयास गरेको बताइन्छ । उनले धर्नास्थल नजिकैको किम्बुको रुखमा चढेर पासो लगाउन खोजेपछि प्रहरीले भुईंमा झारेको थियो । त्यहाँबाट हिँडेकी उनले बिजुली बजार नजिकैको धोबी खोला करिडोरमा रहेको पिपलको रुखमा पनि पासो लगाउन खोजेको बताइन्छ ।

पटक पटक आत्महत्याको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी बृत बानेश्वर लगिएको प्रहरीले जनाएको छ ।