मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली प्रधानमन्त्री भएपछि एमाले कार्यालयमा चहलपहल (तस्वीरहरू)

ओली प्रधानमन्त्री भएपछि एमाले कार्यालयमा चहलपहल (तस्वीरहरू)

न्यूजस्टोरी

काठमाडौं । ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताको चहलपहल बढेको छ । अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेपछि कार्यालयमा कार्यकर्ताको उपस्थिति देखिन्छ ।

एमालेका ८ जना मन्त्री बनेका छन् । एमालेले सातौँ पटक सरकारको नेतृत्व गर्दा कार्यालयमा कार्यकर्ताको उपस्थिति बाक्लो देखिएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि पार्टी कार्यालय च्यासल गए । अरू मन्त्री पनि संगै थिए । सो क्रममा एमाले नेता कार्यकर्ताको समेत थप चहलपहल बढेको थियो ।

एमालेबाट यसअघि २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए ।त्यसपछि २०६५ मा माधवकुमार नेपाल, २०६७ मा झलनाथ खनाल, २०७२ मा अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि २०७४ मा प्रधानमन्त्रीमा दोहोरिएका ओली २०७८ मा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । यसपटक २०८० असार ३० मा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।