काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
समूहले आज छलफल गरेर प्रदीप पौडेल र बद्री पाण्डेको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार प्रदीप स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् भने बद्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बन्नेछन् ।
यसैगरी, रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन्।
यता, संस्थापन पक्षले पनि ६ मन्त्रीकाे नाम टुंगो लगाएको छ। जसअनुसार प्रकाशमान सिंह, आरजु देउवा, रमेश लेखक, एनबहादुर शाही, अजय चौरसिया र दीपक खड्का मन्त्री बन्ने भएका छन्।


प्रतिक्रिया