मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालले टुङ्ग्यायो मन्त्रीको नाम, पृथ्वीसुब्बा सञ्चार र विष्णु पौडेल अर्थमन्त्री बन्दै

एमालले टुङ्ग्यायो मन्त्रीको नाम, पृथ्वीसुब्बा सञ्चार र विष्णु पौडेल अर्थमन्त्री बन्दै

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुङ्गिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुङ्गाएको हो। जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षामन्त्रीको जिम्मेवारी पाउने भएकी छन्। त्यस्तै मानवीर राई रक्षामन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ।