मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानी पर्ने क्रम आजदेखि कम, पहिरोको जोखिम कायमै

पानी पर्ने क्रम आजदेखि कम, पहिरोको जोखिम कायमै

न्यूजस्टोरी

काठमाडौं, २९ असार । गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । अहिले देशका केही ठाउँमा घाम लागेको छ, केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ ।

पश्चिम नेपालमा केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही दिनको लागि देशभरी भने मनसुनी वायुको ठूलो जोखिम नरहेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभएको छ ।

अब ठूलो वर्षा गराउने प्रणाली भारततिर सरेको उहाँको भनाइ छ । तर लगातारको ठूलो वर्षाले जमिनमा पानी धेरै भइसकेकाले अब थोरै वर्षाले पनि जोखिम निम्त्याउन सक्ने उहाँले चेतावनी दिनुभएको छ ।