मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडकः माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकः माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

न्यूजस्टोरी

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने वर्ष ३६ को मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खसेको थियो । पहिरोसँगै खसेको ढुंगा लागेर गम्भिर घाइते भएका बस चालक विकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ः५० बजे मृत्यु भएको हो । बस घटनास्थलमै रहेको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।