मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन बस दुर्घटना-यात्रुको खोजी र प्रभावकारी उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

चितवन बस दुर्घटना-यात्रुको खोजी र प्रभावकारी उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

न्यूजस्टोरी

काठमाडौं, २८ असार । प्रधानमन्त्री प्रचण्डले चितवनको सिमलतालमा भएको बस दुर्घटना लगायत देशभर बाढीपहिरोबाट भएको क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गर्नुभएको हो । प्रचण्डले नारायणघाट मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर वेपत्ता बनाएका दुई बसका यात्रुको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिलसमेत गर्नुभएको छ ।