मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

न्यूजस्टोरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा। मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । रास्वपा केन्द्रीय समितिले हिजो उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेपछि आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । ढकालले दिउँसो ३ बजे अनामनगरमा पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई बोलाएका छन् ।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफू रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाए पनि त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ ।