मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिमी अमेरिकामा अत्यधिक गर्मी

पश्चिमी अमेरिकामा अत्यधिक गर्मी

न्यूजस्टोरी

अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् ।

तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको खबरमा उल्लेख छ ।

यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ । तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् । क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम यो हप्ता १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान छ । १ सय ३० डिग्री फरेनहाइट भनेको साढे ५४ डिग्री सेल्सियस हाराहारी हुन आउँछ ।