मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन – अर्थमन्त्री पुन

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन – अर्थमन्त्री पुन

न्यूजस्टोरी

काठमाडौं, २३ असार । अर्थमन्त्री वर्षमान पुनले दबाबबाट प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पार्नुभएको छ ।

संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्‌बाट विश्वास मत लिएरमात्रै छाड्ने बताउनुभयो । उहाँले एमाले–कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने उदेश्यले बनेको दाबी गर्नुभयो । तर, उहाँले अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको प्रस्ट पार्नुभयो । माओवादीले कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने उहााले स्पष्ट पार्नुभयो । तर, उनीहरु एक्ले हिँड्न खोजेको उहाँले आरोप लगाउनुभयो । एमाले(कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै अर्थमन्त्री पुनले त्यो माओवादीलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न सुरु गर्दा एमाले-कांग्रेस आत्तिएर गठबन्धन बनाएको आरोप लगाउनुभयो । पुनले संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न चाहेको बताउनुभयो ।