मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौपटक विश्वासको मत असार २८ गते लिने भएका छन्।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विश्वासको मतका लागि असार २८ गतेको दिन तोकेर संसदलाई प्रधानमन्त्री दाहालले पत्र पठाएका छन्। असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनेसँगै दाहाललाई पद छाड्न दबाब दिँदै आएका छन्। एमालेले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ताको पत्र दर्ता गराएको छ।

यसअघि दाहालले २०७९ पुस २६ विश्वासको मत लिदा २६८, २०७९ चैत ६ मा १७२ मत पाएका थिए। त्यस्तै २०८० फागुन ३० मा १५७ र २०८१ जेठ ७ गते पनि १५७ जना सांसदको समर्थन पाएका थिए। सरकार टिकाउन १३८ मत पाउनुपर्ने भए पनि यसपटक कांग्रेस एमाले मिलेका कारण दाहालको संभावना छैन।