मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड सरकारको बजेट राष्ट्रिय सभाबाट शुक्रबार पारित हुँदै, राजीनामाको बाटो खुल्दै

प्रचण्ड सरकारको बजेट राष्ट्रिय सभाबाट शुक्रबार पारित हुँदै, राजीनामाको बाटो खुल्दै

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारले गत जेठ १५ गते ल्याएको बजेट राष्ट्रिय सभाबाट शुक्रबार पारित हुँदैछ । प्रतिनिधि सभाबाट असार ११ मा पारित भएर राष्ट्रिय सभामा पुगेको बजेट शुक्रबार पारित गर्ने कार्यसूची छ । बजेटको मूल विधेयक ‘विनियोजन विधेयक २०८१’ पारित गर्ने र पूरक विधेयकहरू संसद्‌मा टेबल गर्ने शुक्रबारको कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट पारित गरियोस् भनेर प्रस्ताव पेश गर्नुअघि राष्ट्रिय सभामा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय लगायत मन्त्रालयमाथिका शीर्षका उठेका प्रश्नको मन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भइसकेको पृष्ठभूमिमा प्रचण्ड सरकारले ल्याएको बजेट राष्ट्रिय सभाबाट पारित हुन लागेको हो ।

साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जाने भएकोले असार मसान्त अगावै बजेट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु पर्ने बाध्यता छ । दुवै सदनबाट बजेट पारित गरेपछि प्रधानमन्त्री प्रचण्डलाई राजीनामाका लागि थप दबाब पर्नेछ । प्रमुख सत्तासाझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेर मन्त्रीसमेत फिर्ता गरेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसद्‌मा विश्वासको मत लिने दाबी गर्दै आएका प्रचण्ड संसद्‌मा सम्बोधन गरेर राजीनामाको मनस्थितिमा पुगेको माओवादी स्रोत बताउँछ ।

प्रतिनिधि सभाको बैठक असार २३ गतेका लागि बोलाइएको छ । माओवादीका कतिपय नेताले संसद्‌मा विचाराधीन बजेट पारित नगरी राजीनामा गर्न नहुने धारणा राख्दै आएका थिए । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।