काठमाडौं, २१ असार । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षकलाई बोलाएर छलफल गर्ने भएको छ ।
समितिले भोलि गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई बोलाउने निर्णय गरेको संयोजक सूर्य थापाले जानकारी दिनुभयो । यस्तै समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । समिति संयोजक थापाले उपस्थित नभएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिनुभयो ।
थापाले आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख र सहकारी विभागका रजिस्ट्रारसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि बताउनुभयो ।


प्रतिक्रिया