मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारी वर्षापछि कैलाली जलमग्न, कान्द्रा नदीको बहाव बढ्यो (तस्वीरहरु)

भारी वर्षापछि कैलाली जलमग्न, कान्द्रा नदीको बहाव बढ्यो (तस्वीरहरु)

न्यूजस्टोरी

धनगढी । कैलालीमा भारी वर्षाका कारण विभिन्न स्थानहरु प्रभावित भएका छन्। मंगलबार परेको भारी वर्षाका कारण जिल्लाको कान्द्रा नदि क्षेत्र आसपासका घरपरिवारहरु प्रभावित भएका हुन्।

kailali-(16)-1719990008.jpg

बाढीका कारण कैलारी गाउँपालिका वडा नम्बर ७, घोडाघोडी नगरपालिका वडा नम्बर १० क्षेत्रका घरपरिवार प्रभावित भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिलेको वर्षाले धेरै प्रभावित नभएको बताए। उनले भने – केही क्षेत्रमा पानि जमेको छ। त्यति प्रभावित भने गरेको छैन।’

kailali-(17)-1719990008.jpg

उनले कैलारी, धनगढी, घोडाघोडी लगायत क्षेत्रमा पानी जमेको गुनासो आइरहेको बताए। वर्षाका कारण एक जना नदिमा बगेर वेपत्ता भएको उनको भनाइ छ।

kailali-(1)-1719990008.jpg

कान्द्रा नदिको सतह चार दशमलब पाँच मिलिलिटर पुगेको छ। सो क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

kailali-(14)-1719990007.jpg

यता, सामान्य वर्षाका कारण धनगढीको मुख्य सडक हिलाम्मे बनेको छ। निर्माणाधिन मुख्य सडकका केही ठाउँमा पानी जमेको छ भने मानिसलाई हिड्न समेत समस्या भइरहेको छ।

kailali-(8)-1719990004.jpg
kailali-(11)-1719990005.jpg
kailali-(9)-1719990004.jpg
kailali-(3)-1719990002.jpg
kailali-(2)-1719990001.jpg
kailali-(6)-1719990003.jpg
kailali-(5)-1719990003.jpg