मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्राउ गर्‍याे

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्राउ गर्‍याे

न्यूजस्टोरी

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ गरेको छ । गएको मार्च २१ तारिखदेखि प्रवर्तन निर्देशनालय (ईडी) को न्यायिक हिरासतमा रहेका केजरीवाललाई आज सीबीआईले पक्राउ गरेको हो ।

सीबीआईले गए राति नै जाँड–रक्सीसम्बन्धी नीतिमा परिवर्तन गरी अन्तःशुल्कसम्बन्धी अनियमितता गरेको आरोपमा केजरीवालको बयान रेकर्ड गराएको थियो । त्यसपछि अदालतमा उपस्थित गराइएका केजरीवाललाई थप सोधपुछ गर्न न्यायाधीशले अनुमति दिएपछि सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि हिजो दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ । योसँगै ईडीको न्यायिक हिरासतमै रहेका केजरीवाललाई सीबीआईले पक्राउ गरेको हो । अब उनलाई सीबीआईले हिरासतमा राखेर अनुसन्धान गर्नेछ ।