मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा

मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा

न्यूजस्टोरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेसँगै मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। 

सुरक्षण मुद्रण केन्द्रबाट अन्तस्शुल्कको स्टिकर खरीदमा भ्रष्टाचार गरेको अभियोगमा अर्याल सहित १२ जनाविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । बहालवाला मुख्यसचिव निलम्बनमा परेको पहिलो घटना हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सरकारी पदमा रहेको व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भए स्वतः निलम्बन हुने व्यवस्था छ।

उक्त दफामा भनिएको छ, “सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा ९४० बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधिभर र दफा १८ बमोजिम मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ।” अर्याल २०७८ साउन २५ देखि २०७९ चैत १४ गतेसम्म सञ्चार मन्त्रालयका सचिव थिए। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए।

उनी २०८० असार २ गते सचिवबाट अवकास पाउँदै थिए। तर, सरकारले त्यसको तीन दिनअघि २०८० जेठ ३२ मा उनलाई मुख्यसचिव नियुक्त गरेको थियो।