मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

न्यूजस्टोरी

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारले ल्याएको बजेट असन्तुलित भएको भन्दै नेपाली कांग्रेसले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेपछि आइतबारसम्मलाई स्थगित भएको छ ।

बजेटप्रति विरोध जनाउँदै कांग्रेसले शुक्रवारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख तुलाराम घर्तीले सबै दललाई राखेर छलफल गरे पनि कुनै सहमति नभएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

शुक्रवार सुरूमै कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरुबीच सहमति नजुटेपछि असार ९ गतेसम्मका लागि स्थगित भएको हो।