मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेम सम्बन्धमा दरार आएपछि ड्युटीमा रहेका प्रहरीले आफैंलाई गोली हाने

प्रेम सम्बन्धमा दरार आएपछि ड्युटीमा रहेका प्रहरीले आफैंलाई गोली हाने

न्यूजस्टोरी

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हानेर आत्महत्या गरेको खुलेको छ। प्रहरी स्रोतका अनुसार उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरी जवान अजित गोलेले प्रेम सम्बन्ध बिग्रिएपछि आफैंलाई गोली हानी आत्महत्या गरेको खुलेको हो।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए। घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइलसमेत बरामद भएको थियो। घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो। ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, एक अनुसन्धान अधिकृतले उनले भने। गोलेले प्रेमिकासँग विवाहका लागि इन्गेजमेन्टसमेत गरिसकेका थिए। पाँच महिनाअघि टिकाटालो भएपछि गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएका थिए। दुबई पुगेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो। मोबाइलमा भेटिएको कुराकानीबाटसमेत उक्त विवाद पुष्टि भएको प्रहरीले जनाएको छ।