मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृतक महिला प्रहरीको मोबाइलमा भेटिए विवादका म्यासेज, ‘ब्वाइफ्रेन्ड’ पक्राउ

मृतक महिला प्रहरीको मोबाइलमा भेटिए विवादका म्यासेज, ‘ब्वाइफ्रेन्ड’ पक्राउ

न्यूजस्टोरी

सिराहा । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन्।

गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका(२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो। मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए।

‘उहाँहरूको बीचमा विवाद भएका म्यासेजहरू फेला परे। मृतकका परिवारले पनि उहाँविरुद्ध जाहेरी दिनुभयो। त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक द्विवेदीले भने।