काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेको घटनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले समर्थन जनाएकी छिन् । लिङ्देनले आज बसेको प्रतिनिधि सभा बैठकमा संसदको रोष्ट्रममा उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए ।
लिङ्देनले बजेटमाथि विभेद गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए । लिङ्देनपछि छलफलमा भाग लिएकी कांग्रेसकी सांसद चन्दा चौधरीले उक्त कदमको समर्थन गर्दै बजेट पुस्तिका च्यात्नैपर्ने किसिमको रहेको भन्दै समर्थन गगरेकी हुन् ।
‘संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो होरु यो राम्रो होइन,उनले भनिन्, ुतर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’


प्रतिक्रिया