मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको ज्यान गयो

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको ज्यान गयो

न्यूजस्टोरी

काठमाडौं । मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर प्रदर्शन गर्ने क्रममा इजरायली प्रहरीले प्रदर्शन रोक्न आक्रमण गरेको अलजजिराले जनाएको छ । इजरायको आक्रमणबाट रफाहमा सहायता ट्रकको पर्खाइमा रहेका कम्तीमा नौ जना प्यालेस्टाइनीको पनि ज्यान गएको छ । अरू धेरै गम्भीर घाइते भएका छन् । यसैबीच त्यहाँका स्थानीय सञ्चारमाध्यमले मध्य गाजामा इजरायली आक्रमणपछि शरणार्थी शिविरमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जान प्यालेस्टाइनी मारिएका बताएका छन् ।

इजरायली प्रहरीले सोमवार राति जेरुसेलममा प्रधानमन्त्री नेतान्याहुको घरबाहिर सरकार विरोधी प्रदर्शनमा कम्तीमा आठ जनालाई पक्राउ गरेको छ ।