मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपा नेपालको महाधिवेशनमा मतदान स्थगित, पदाधिकारी चयन गर्ने अधिकार उपेन्द्रलाई

जसपा नेपालको महाधिवेशनमा मतदान स्थगित, पदाधिकारी चयन गर्ने अधिकार उपेन्द्रलाई

न्यूजस्टोरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनको अन्तिम समयमा आएर मतदान रोकेको छ ।

मतदान रोकेर पदाधिकारीहरू चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले जानकारी दिए । सोमबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षमा यादव निर्विरोध चुनिए पनि बाँकी सबै पदमा उम्मेदवारी परेको थियो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । त्यसपछि मतदान प्रारम्भ गर्ने कार्यसूची थियो ।
तर अन्तिम समयमा मतदान स्थगित गरेर सहमतिबाट पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।