मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले काभ्रेमा गोकुल बास्कोटा निकटको प्यानल नै विजयी

एमाले काभ्रेमा गोकुल बास्कोटा निकटको प्यानल नै विजयी

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी भएका हुन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरे ।

अध्यक्षसहित पदाधिकारीमा पनि उनको प्यानल नै विजयी भएको छ । उनी एमाले नेता तथा सांसद गोकुल बास्कोटा निकटका हुन् । उपाध्यक्षमा भुर्तेल प्यानलका देवसागर लामा विजयी भए । उनले ४७१ मत ल्याए । पराजित आत्मराज थापाको २०८ मत मात्रै आयो । सचिवमा राजकुमार सापकोटा विजयी भएका छन् । उनले ४४४ मत प्राप्त गरे । पराजित भएका होमप्रसाद चौलागाईंको २३५ मत आयो ।

उप सचिवमा रत्नकुश रन्जितकार र सूर्यमाया दनुवार निर्वाचित भए । रन्जितकारले ३२४ र दनुवारले ३६१ मत प्राप्त गरिन् ।