मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण

इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण

न्यूजस्टोरी

इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको ज्यान गएको प्रतिक्रियास्वरूप यो आक्रमण गरेको बताएको छ ।

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको ज्यान गएको थियो । हिजबुल्लाहकाअनुसार रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी आक्रमण गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले झण्डै ९० वटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला हिजबुल्लाहले बेला बेला इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ । हमासपछि इजरायललाई हिजबुल्लाह चुनौती बन्दै गएको बताइएको छ ।