मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा

गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा

न्यूजस्टोरी

पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् ।

गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका हुन्। देवकोटाले मंगलबार नै पद तथा गोपनीयतको सपथ लिएका छन् । उता छैटौं पटक सरकारमा पुगेका स्वतन्त्र सांसद दीपक मनाङे ९राजीव० गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ । उनले पनि मंगलबार सपथ लिएका छन् । मनाङेक यससँगै छैटौँ पटक मन्त्री भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका उनीहरू दुवैलाई मन्त्री उपहार दिएका हुन् । फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मनाङे दुईपटक मन्त्री भइसकेका छन् । सुरुमा पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे नेतृत्वको सरकार ढलेपछि मनाङे एमाले दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा त्यही मन्त्रालयमा दोहोरिएका थिए ।

सर्वोच्च अदालतको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले यसअघि नै कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र बिन्दुकुमार थापा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । गण्डकीमा उसका दुईजना सांसद छन् ।