मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम दलमा लफडा

मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम दलमा लफडा

न्यूजस्टोरी

काठमाडौं । सुदूरपश्चिम सरकारमा मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम संसदीय दलमा लफडा भएको छ । माओवादी सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले दलमा छलफल नै नगरी मन्त्री पठाएको भन्दै अर्का नेता खगराज भट्ट र उनी पक्षका सांसद्हरूले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।माओवादी सांसदहरू भट्ट, झपटबहादुर साउद, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।

एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकारमा माओवादी दलका नेता धामीले ओमविक्रम भाटलाई सामाजिक विकासमन्त्री र लक्ष्मी बिक र अक्कल रावललाई विनाविभागीय मन्त्री बनाउन सिफारिस गरेपछि असन्तुष्टि बढेको हो ।

सुदूरपश्चिममा आजै मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ । सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक फुटाएर शहरी उर्जा, तथा खानेपानी र सामाजिक फुटाएर शिक्षा खेलकुद र स्वास्थ्य सामाजिक बनाउने तयारी गरेका छन् ।