मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

न्यूजस्टोरी

काठमाडौं । विमानस्थलमा हुनसक्ने संकटकालीन कार्य रोक्ने अध्यासका लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

कार्यालयका अनुसार अपराह्न १ः०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गराइनेछ ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारी र क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिनेछ । अभ्यासको क्रममा स्थानीय समय १३ः०० देखि १३ः३० बजे सम्म यस विमानस्थलको अपरेसन बन्द हुनेछ । नियमित उडान अवतरण प्रभावित हुन सक्ने सूचनामा भनिएको छ ।